Galaxysamachar
काठमाडौँ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन आज दिउँसो ११ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुँदैछ। अधिवेशनको उद्घाटन नेकपा (एमाल) का वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ।
अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधिको सहभागिता रहनेछ। अधिवेशनले अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ।
अधिवेशनको समापन समारोहलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend