Galaxysamachar
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा समावेश हुनका लागि परीक्षा आवेदन फारम खुला गरेको छ ।
आज एक सूचना जारी गर्दै कार्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू समेत) २०८१ पौष १२ देखि २०८१ माघ १२ गते भित्र प्रति परीक्षार्थी परीक्षा दस्तुर रु पाँच सयसहित आवेदन फाराम भराउन आग्रह गरेको छ ।
सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले उल्लेखित सूचना बमोजिम विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्ने लगायतका कार्यहरूमा सम्बन्धित प्रदेश अन्तरगतका शिक्षा विकास तथा समन्वय इकाईहरूलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।

© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend