Galaxysamachar
काठमाडौं, आशिष लामिछाने – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। यस ऐतिहासिक सम्मेलनले विजय प्रकाश सापकोटाको अध्यक्षतामा २४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
सम्मेलनले संगठनलाई अझ बलियो बनाउँदै विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। नव-निर्वाचित अध्यक्ष सापकोटाले संगठनलाई शिक्षाको गुणस्तर सुधार, विद्यार्थी हकहित रक्षा, र राजनीतिक सचेतनाको अभिवृद्धि गर्ने दिशामा अघि बढाउने बताएका छन्।

अध्यक्ष: विजय प्रकाश सापकोटा

उपाध्यक्षहरू:
महासचिव: रोशन थापामगर
उपमहासचिवहरू:
सचिवहरू:
कोषाध्यक्ष: फूलमाया रानामगर

नयाँ कार्यसमितिले विद्यार्थी हकहित संरक्षण, शिक्षाको सुधार, तथा संगठनको सशक्तीकरणका लागि योजना बनाइ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। सम्मेलनमा देशभरका विद्यार्थी नेताहरूको उपस्थितिले संगठनप्रति उच्च भरोसा र समर्पण देखिएको छ।
अनेरास्ववियू (क्रान्तिकारी) ले आगामी दिनमा विद्यार्थी आन्दोलनलाई थप गतिशील बनाउने भन्दै सबै विद्यार्थीहरूलाई एकताबद्ध भई अगाडि बढ्न आह्वान गरेको

© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend