logo
  • बिहिबार, असोज १ २०८३

चर्चित पत्रकार श्रृषि धमला अध्यक्ष रहेको रिपोर्टस क्लबले तिरेन समाज कल्याण परिषदको छयालिस लाख सात हजार


  • Galaxysamachar
  • बिहिबार, असार २८ २०८१

विश्व आचार्य

पत्रकार श्रृषि धमला अध्यक्ष रहेको रिपोर्टस क्लबले समाज कल्याण परिषदलाई बुझाउनु पर्ने भाडा बापतको रकम लामो समय देखि नतिरेको खुलासा भएको छ । भृकुटी मण्डप स्थित रिपोर्टस क्लबको कार्यालयले सो बराबरको रकम नतिरेको गोप्य स्रोतले खुलासा गरेको छ । क्लबलाई भाडा तिर्न ताकेता गर्दा पनि धमलाले नटेरेको स्रोतको दावि छ । समाज कल्याण परिषदको जग्गामा रिपोर्टस
क्लबको कार्यालय बनाएको थियो । हाल सम्म छयालिस लाख सात हजार भाडा बापतको बक्यौता तिर्न बाँकि रहेको स्रोत बताउछ । दिनहु जसो हुने पत्रकार सम्मेलनमा यो क्लवले रु १२ हजार देखि २० हजार सम्म लिने गरेको छ र यो क्लबमा कहिलेकाहि एक भन्दा बढि कार्यक्रम हुने गरेका छन । जानकार स्रोतका अनुसार कहिले काहि पत्रकार सम्मेलन नहुनु भनेको सामान्य विषय हो तर दिनहु जसो कार्यक्रम हुने गरेका छन । पत्रकार श्रृषि धमला विभिन्न चर्चा र विवादका चर्चित पात्र हुन । चाख लाग्दो कुरा त के छ भने कहिले काहि उनले भ्रष्टाचारको विरुद्धमा ठुलो स्वरमा यहि क्लबबाट बोल्ने गरेका छन । आवाज दिइरहने पात्र धमला प्राइम टाइम टेलिभिजनका प्रमुख समेत हुन । जनता जान्न चाहान्छन भन्ने उनको चर्चित कार्यक्रम समेत रहेको छ । यस बारेमा हामीले समाजको उत्तरदायीत्व र पारदर्सि समाज निर्माणका लागि विशेष फलो अप रिपोर्ट निर्माण गर्दै छौ । प्रतिक्षा गर्नु होला ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend