Galaxysamachar
काठमाडौँ । रसुवा लगायत देशका विभिन्न भागमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति बेलायतले गहिरो दुःख व्यक्त गरेको छ।
नेपालस्थित बेलायती दूतावासले प्राकृतिक विपद्मा परी प्रभावित भएका सम्पूर्ण नागरिकप्रति गहिरो समवेदना प्रकट गरेको छ। दूतावासले अपिल जारी गर्दै नेपालमा रहेका सम्पूर्ण बेलायती नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।
दूतावासले आफ्ना नागरिकलाई स्थानीय अधिकारीले जारी गरेका आधिकारिक निर्देशनको पूर्ण रूपमा पालना गर्न र बाढी प्रभावित क्षेत्रमा उच्च सावधानी अपनाउन अनुरोध गरेको छ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend