logo
  • बिहिबार, असोज १ २०८३

फिल्म ‘फेरि रेशम फिलिली’ आगामी फागुन १४ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउने


  • Galaxysamachar
  • सोमबार, पुष १ २०८१

काठमाडौँ । फिल्म ‘फेरि रेशम फिलिली’ आगामी फागुन १४ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले  एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

फेरि रेशम फिलिली' शिवरात्रीमा रिलिज हुने – Online Khabar

पोस्टरमा कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई देख्न सकिन्छ । ९ वर्षअघिको हिट फिल्म ‘रेशम फिलिली’ को यो दोस्रो श्रृंखलाको रुपमा यो बनेको हो । दर्शकले श्रेष्ठलाई पहिलेकै भूमिकामा देख्न पाउनेछन् ।

सिनेमा आर्टको प्रस्तुति र भी मोसन पिक्चर्सको सहकार्यमा बनेको फिल्ममा निरोज महर्जनको लेखन, निर्देशन रहेको छ । फिल्मलाई रौनकविक्रम कँडेलले निर्माण गरेका हुन् ।

फेरि रेशम फिलिली' १४ फागुनमा रिलिज हुने | Nepal's first 24-hour updated  news portal - Ratopati

फिल्ममा विनय र सुपुष्पाको अलवा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय छ ।

फिल्मलाई सुसन प्रजापतिले छायाङ्कन गरेका हुन् । निरोज महर्जन र आकाश बरालको पटकथा रहेको फिल्ममा कालीप्रसाद बाँसकोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend