Galaxysamachar
काठमाडौँ । ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेट जाँदा उक्त भूकम्प मापन गरिएको हो ।
भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न पहाडी तथा तराईका जिल्लाहरूमा महसुस गरिएको छ ।
यसअघि अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्र (ईएमएससी) ले उक्त भूकम्प ५.३ म्याग्निच्युडको रहेको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend