logo
  • बिहिबार, असोज १ २०८३

युएई र इजिप्टद्वारा मुद्रा आदनप्रदान सम्झौतामा हस्ताक्षर


  • Galaxysamachar
  • शुक्रबार, असोज १२ २०८०

काठमाडौं, असोज १२ गते । इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को केन्द्रीय बैंकहरुले बिहीबार मुद्रा आदानप्रदान स्म्झौतामा हस्ताक्षर गरेका छन् ।

४२ अर्ब इजिप्टियन पाउण्ड (लगभग १.३६ बिलियन अमेरिकी डलर) र ५ अरब युएई दिर्हाम नाममात्र मूल्यमा साटासाट गर्न सहमत भएका हुन् ।

यो सम्झौता इजिप्ट र युएईबीचको सम्बन्धलाई सबै तहमा सदृढ गर्ने विश्वास लिइएको छ । यो सम्झौताले दुई पक्षबीचको संयुक्त आर्थिक सहयोगको आधारिशिलाको रुपमा काम गर्ने बताइएको छ । युएई केन्द्रीय बैंकका गभर्नर खालेद बालामाले यो सम्झौतले युएई र इजिप्टबीचको द्विपक्षिय सम्बन्धलाई मजबुत बनाउने बताउनुभयो |

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend