logo
  • शुक्रबार, असोज २ २०८३

गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो


  • Galaxysamachar
  • आइतबार, असार २४ २०८१

नवलपुर, असार २३ गते । लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । बिहान ९ गते ब्यारेजमा ३ लाख ९५ हजार क्युसेक पानीको प्रवाह छ ।

पानीको बहाव उच्च भएपछि २ लाख ६० हजार क्युसेक बहाव हुँदा ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको थियो । तर , पानीको सतह भने बढ्दै गएको छ । बिहान ७ बजे पानीको बहाल ४ लाख १५ हजार क्युसेक मापन गरिएको गण्डक ब्यारेजका भुआर्जन अधिकृत काशीनाथ हरिजनले जानकारी दिनुभयो ।

नारायणी नदीले देवघाटमा खतराको सतह पार गरेपछि ब्यारेजमा पानीको सतह थप बढ्ने हरिजनले बताउनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend