logo
  • बिहिबार, असोज १ २०८३

एसिया कप क्रिकेट : नेपालले आज भारतको सामना गर्दै


  • Galaxysamachar
  • सोमबार, भाद्र १८ २०८०

काठमाडौँ । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो ।

आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा आसिन छ भने नेपाल १५औँ वरीयतामा रहेको राष्ट्र हो । यसका अतिरिक्त भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । भारत दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन पनि हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend