logo
  • आइतबार, कार्तिक १६ २०८३

संजीव कुमार पौडेलको नयाँ गीत ‘मायाको मीठो बोली’ सार्वजनिक (भिडियोसहित)


  • Galaxysamachar
  • आइतबार, कार्तिक १६ २०८३

काठमाडौं — गायक, गीतकार तथा सङ्गीतकार संजीव कुमार पौडेलको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक/पप शैलीको नेपाली गीत ‘मायाको मीठो बोली’को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ।

माया र प्रेमका भावहरूलाई आकर्षक ढंगले प्रस्तुत गरिएको यस गीतमा शब्द, सङ्गीत तथा गायन स्वयं संजीव कुमार पौडेलकै रहेको छ। गीतको सङ्गीत संयोजन (एरेन्ज) कृष्ण बी.के.ले गरेका हुन्। एकोस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतमा दिल सार्की र मुस्कान चौधरीको रेकर्डिङ तथा प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ रहेको छ।

गीतको भावअनुसार तयार पारिएको भिडियोमा चर्चित कोरियोग्राफर तथा निर्देशक विक्रम चौहान र मोडल बिनिता दाहालको आकर्षक अभिनय देख्न सकिन्छ। उनीहरूबीचको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन्।

भिडियोको निर्देशन तथा कोरियोग्राफी स्वयं विक्रम चौहानले गरेका हुन्। प्रकाश खड्काको छायाङ्कन रहेको यस भिडियोलाई मीन रावलले सम्पादन गरेका हुन्। भिडियोको पोस्ट प्रोडक्सन ‘बी. स्टार फिल्म्स’ले गरेको हो। निर्माण पक्षले गोमा अधिकारी पौडेल, सरगम पौडेल र ऋषभ पौडेललाई विशेष धन्यवाद व्यक्त गरेको छ।

कर्णप्रिय सङ्गीत, मनछुने शब्द र उत्कृष्ट अभिनयले सजिएको यो भिडियोले दर्शक तथा स्रोताको मन जित्नेमा निर्माण टिम आशावादी देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend