logo
  • आइतबार, कार्तिक १६ २०८३

हाँस्य कलाकार सुमन कार्की र स्नेहा भट्टराईको उत्कृष्ट अभिनयमा “काउरेको भिरालो” सार्वजनिक


  • Galaxysamachar
  • आइतबार, कार्तिक १६ २०८३

काठमाडौँ – अर्जुन सापकोटा र मेलिना राईको स्वरमा रहेको नयाँ लोक दोहोरी गीत “काउरेको भिरालो” (जति बेलै मयाकै पिरालो) सार्वजनिक भएको छ। यो गीत Music Garden युट्युब च्यानलको पहिलो आधिकारिक प्रस्तुतिको रूपमा बजारमा आएको हो।
युवा पुस्ताका चर्चित लोक गायक अर्जुन सापकोटा र चर्चित गायिका मेलिना राईको सुमधुर आवाज सजिएको यस गीतलाई श्रीधर अधिकारीले सङ्गीतबद्ध गरेका हुन्। मायाप्रेमको गहिरो भावना र आकर्षक लय समेटिएको यो दोहोरी गीतले स्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
गीतको भिडियोमा चर्चित हाँस्य कलाकार सुमन कार्की र मोडल स्नेहा भट्टराईको उत्कृष्ट अभिनय तथा केमेस्ट्री देख्न सकिन्छ। नेपाली संगीत भिडियो क्षेत्रका स्थापित निर्देशक तथा नृत्य निर्देशक मौसम हिमालीले यस भिडियोको निर्देशन र कोरियोग्राफी गरेका हुन् भने पवन सुस्लिङले यसलाई आकर्षक रूपमा छायांकन गरेका छन्।
म्युजिक गार्डन युट्युब च्यानलको यो पहिलो कोसेलीलाई नेपाली सङ्गीत प्रेमीहरूले निकै रुचाउने विश्वास निर्माण पक्षले लिएको छ। भिडियो अहिले युट्युबमा उपलब्ध भइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend