logo
  • आइतबार, कार्तिक १६ २०८३

गुर्सेनी नानी–२’ (मन परे रै हो ) सार्वजनिक


  • Galaxysamachar
  • आइतबार, कार्तिक १६ २०८३

लोकप्रिय गीत ‘गुर्सेनी नानी’ को अपार सफलतापछि यसको दोस्रो संस्करण ‘गुर्सेनी नानी–२’ (मन परे रै हो ) सार्वजनिक भएको छ। पहिलो भागबाट दर्शक तथा श्रोताको राम्रो साथ र माया पाएको निर्माण टोलीले दोस्रो भागलाई अझ आकर्षक प्रस्तुति र नयाँपनसहित दर्शकमाझ ल्याएको हो।

गीतमा महिला मोडलका रूपमा कमला घलान र पुरुष मोडलका रूपमा सम्राट अधिकारीको अभिनय रहेको छ। गीतमा किरण भुजेल र ममता गुरुङको स्वर रहेको छ भने शब्द रचना डिपी खनाल को रहेको छ। गीतको संगीत तथा एरेन्जमेन्ट स्वयं किरण भुजेलले गरेका छन्। त्यस्तै, गीतको निर्देशन किरण भुजेलले गरेका हुन् भने कोरियोग्राफी रोशन विश्वकर्माले गरेका छन्।
छायांकन बिसाल थापा को रहेको छ भने सम्पादक दिनसन साह रहेका छन्।

यस गीतको भिडियो नेपालको सुन्दर पर्यटकीय गन्तव्य बन्दीपुरमा छायांकन गरिएको हो। प्राकृतिक सौन्दर्य, ऐतिहासिक पहिचान र पर्यटकीय आकर्षणले भरिपूर्ण बन्दीपुरका विभिन्न सुन्दर दृश्यलाई भिडियोमा समेटिएको छ। गीतमार्फत मनोरञ्जनसँगै नेपालको आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने उद्देश्य राखिएको निर्माण टोलीले जनाएको छ।

पहिलो भागले पाएको सफलतापछि दर्शकको अपेक्षालाई ध्यानमा राख्दै ‘गुर्सेनी नानी–२’ निर्माण गरिएको निर्देशक किरण भुजेलले बताएका छन्। गीतमा यसपटक पनि मनोरञ्जन, सांगीतिक प्रस्तुति र दृश्यात्मक आकर्षणलाई विशेष ध्यान दिइएको छ।

‘गुर्सेनी नानी–२’ मुभी ल्यान्ड नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको छ। निर्माण टोलीले सम्पूर्ण दर्शक तथा श्रोताहरूलाई गीत हेरेर, सुनेर, प्रतिक्रिया दिएर र सेयर गरेर माया तथा साथ दिन आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend