Galaxysamachar
अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज बङ्गलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दैछ।
पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ।
डार्विनस्थित मारारा ओभलमा हुने नेपाली समयअनुसार अपराह्न २:१५ बजे खेल सुरु हुने छ। नेपाल ‘ए’ ले पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि आज ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै बङ्गलादेश हाई–परफर्मेन्सलाई चुनौती दिने तयारी गरेको छ।
प्रतियोगिताको सुरुआतमै हार बेहोरे पनि नेपालसँग लिग चरणमा सुधारको अवसर बाँकी छ। नेपालले यसअघि गत वर्षको टप एन्ड टी–२० मा पनि बङ्गलादेश ‘ए’ विरुद्ध खेलेको थियो । उक्त खेलमा नेपाल २९ रनले पराजित भएको थियो।
प्रतियोगितामा प्रत्येक टोलीले लिग चरणमा ६ खेल खेल्ने भएकाले नेपालका लागि आजको खेलपछि पनि अगाडि बढ्ने पर्याप्त अवसर रहनेछ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend