Galaxysamachar
बाढी प्रभावित नेपाली नागरिकका लागि पाकिस्तानले करिब १०० टन राहत सामग्री नेपाल पठाएको छ।
पाकिस्तानबाट पठाइएको राहत सामग्रीमा टेन्ट, कम्बल, म्याट, सरसफाइसम्बन्धी सामग्री तथा औषधीलगायतका अत्यावश्यक सामग्री छन्। उक्त राहत सामग्री सोमबार काठमाडौँ आइपुगेको हो।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले काठमाडौँमा पाकिस्तानका लागि नेपालस्थित राजदूत आमिर खानबाट राहत सामग्रीको जिम्मा ग्रहण गर्नुभएको छ।
पाकिस्तानको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सहयोग पठाइएको जनाएको छ। पाकिस्तानले उक्त सहयोगले बाढीपीडित नेपालीप्रति आफ्नो ऐक्यबद्धता पुनः पुष्टि गरेको जनाएको छ।
पाकिस्तानले विपद्को यस कठिन समयमा नेपाललाई सहयोग उपलब्ध गराएको हो।



© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend