logo
  • बिहिबार, असोज १ २०८३

सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्यो, भरतपुरबाट दैनिक ११ उडानसम्म


  • Galaxysamachar
  • सोमबार, भाद्र २२ २०८३

पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै  भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो ।

भरतपुरबाट काठमाडौँ लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक पाँच  उडान हुँदै आएकोमा सडक असहज बनेसँगै सङ्ख्या बढाएर ११ वटासम्म पुर्‍याइएको छ । दैनिक उडान आवश्यकताअनुसार ९ देखि ११ सम्म पुर्‍याइएको उहाँले जानकारी दिनुभयो ।

यहाँबाट काठमाडौँ आवतजावत गर्ने ‘एटिआर ७२’ जहाज हो । यसले काठमाडौँबाट आउँदा ६५ देखि ७० र यहाँबाट काठमाडौँ जाँदा ५० जना यात्रु ओसार्ने गर्दछ । क्षमता ७२ जनाको भए पनि धावन मार्ग छोटो भएका कारण क्षमता अनुसारको यात्रु ओसार्न सक्दैन ।

कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौँ जाने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ ।  वर्षायामका कारण यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेको उहाँले बताउनुभयो । यहाँ चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लम्जुङ, मकवानपुरबाट समेत यात्रु आउने गर्दछन् ।

एयरलायन्सले उडानको संख्या बढाएर यात्रुलाई सहजीकरण गरेको जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend