logo
  • आइतबार, कार्तिक १६ २०८३

१९ जनाको ज्यान गएपछि कुसुन्तीमा बन्दै गरियो अत्याधुनिक आकाशे पुल


  • Galaxysamachar
  • शुक्रबार, कार्तिक ७ २०८३

ललितपुरको कुसुन्तीमा पैदलयात्रीलाई सडक पार गर्न सहज बनाउने उद्देश्यले अत्याधुनिक आकाशे पुल निर्माण भइरहेको छ।

लिफ्ट सहितको यो पुल ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा बालबालिकालाई समेत सहज हुने गरी बनाइएको हो। तर निर्माण क्रममा विभिन्न प्राविधिक समस्या र प्रक्रियागत जटिलता आएपछि पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन ढिलाइ भएको छ।

ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीका अनुसार यो पुल निर्माणको अवधारणा सडक पार गर्ने क्रममा भएका दुर्घटनाले जन्माएको हो। उक्त क्षेत्रमा सडक पार गर्ने क्रममा १९ जनाले ज्यान गुमाइसकेको उनले बताए।

एक पटक एउटी आमाले छ महिनाको शिशुलाई बोकेर सडक पार गर्दै थिइन्। त्यही क्रममा उनको सल सडकमा गुडिरहेको मोटरसाइकलमा अल्झियो। त्यसपछि शिशु सडकमा खस्न पुग्यो र उसको मृत्यु भयो। उक्त घटनापछि आफूहरू यस्ता दुर्घटनाप्रति निकै संवेदनशील भएको र पैदलयात्रीको सुरक्षाका लागि पुल निर्माण गर्ने योजना अघि बढाएको केसीले बताए।

‘त्यो घटनापछि मेयरसापसँग कुरा गरेर यहाँ पुल बनाउनुपर्छ भन्ने निष्कर्षमा पुग्यौं,’ केसीले भने। पुल बनाउने योजना अघि बढे पनि निर्माण प्रक्रिया सहज भएन। वडाध्यक्ष केसीका अनुसार महानगरले आवश्यक रकम उपलब्ध गराएर आफै निर्माण गर्ने प्रस्ताव गर्दा पनि सडक विभागबाट सहयोग पाउन कठिन भयो।

बजेट पुस्तिकामा योजना समावेश भए पनि काम अघि नबढ्दा चार वर्ष त्यसै बितेको उनको भनाइ छ। पछि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासमक्ष यो विषय पुर्‍याइयो।

महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोलीले निर्माण अघि नबढ्नुको कारणबारे मन्त्रीसँग छलफल गरेपछि उनले सम्बन्धित सचिवलाई काम अघि बढाउन निर्देशन दिएको केसीले बताए।

त्यसपछि पुलको डिजाइन र निर्माण प्रक्रियाले गति लियो। तर पुलको संरचना कस्तो बनाउने र त्यसमा कुन-कुन सुविधा राख्ने भन्ने विषयमा पनि छलफल र विवाद भए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend