logo
  • सोमबार, मंसिर ८ २०८३

दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्म


  • Galaxysamachar
  • सोमबार, मंसिर ८ २०८३

७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहको भ्रमणको दोस्रो दिन आज सोमबार विभिन्न महत्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय कार्यक्रम हुँदैछन्।

निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहलाई बिहान १० बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०:४० बजे राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको छ

बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुनेछ । त्यसलगत्तै बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। जसमा अयोध्या-जनकपुर रेल सेवा शुभारम्भ, प्रहरी एकेडेमी, एकीकृत जाँच चौकी लगायत परियोजनाको संयुक्त उद्घाटन हुनेछन् । अमलेखगञ्ज-चितवन पेट्रोलियम पाइपलाइनको शिलान्यास पनि गर्ने तयारी छ ।

त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend