logo
  • सोमबार, मंसिर ८ २०८३

बालेनलाई गार्ड अफ अनरको तयारी


  • Galaxysamachar
  • सोमबार, मंसिर ८ २०८३

७ मंसिर, नयाँ दिल्ली। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’ प्रदानको तयारी सकिएको छ । अबको केहीबेरमा प्रधानमन्त्री बालेनलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गर्ने छ ।

समारोहस्थल राष्ट्रपति भवन परिसरमा रातो कार्पेट ओछ्याइएको छ । सुरक्षा प्रबन्ध पनि कडा बनाइएको छ । तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मीहरु खटिएका छन् ।

एक छेउमा सञ्चारकर्मीहरुलाई तथा अर्को छेउमा नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेकाहरुलाई राखिएको छ ।

आजै बिहान १०:४० बजे प्रधानमन्त्री शाह राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ ।

बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुनेछ । त्यसलगत्तै बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् । दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।

हेर्नुहोस् गार्ड अफ अनरको तयारी–

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend