logo
  • शनिबार, असोज ३ २०८३

‘दशैं धमाका’मा प्रमोद, मेलिना र सुमनले न्युजिल्याण्डका ४ सहरमा दर्शक झुमाउने


  • Galaxysamachar
  • बिहिबार, असोज १८ २०८०

दशैंको अवसरमा पारेर ओसिनिया मुलुक न्युजिल्याण्डमा ‘दशैं धमाका’ हुने भएको छ । आयोजक लाखे इभेन्टले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

न्युजिल्याण्डका चार सहरमा हुने कार्यक्रममा गायक प्रमोद खरेल, गायिका मेलिना राई र हास्यव्यंग्य कलाकार सुमन कार्कीले दर्शक झुमाउनेछन् ।

पत्रकार सम्मेलनमा गायक खरेलले न्युजिल्याण्डमा पहिलो पटक आफू जान लागेकाले उत्साहित रहेको बताए । एडमन्ड हिलारीको देशको रुपमा चिनिएको देश न्युजिल्याण्डमा जान आफू उत्साहित रहेको उनले बताए । हास्य कलाकार सुमन कार्कीले आफ्नो जीवनको पहिलो दशैं दर्शकहरुसँग हुने भएको हुँदा उत्साहित रहेको बताए ।

कार्यक्रममा सहकार्य गरेको इन्फोमेटिक कन्सल्टेन्सीका प्रमुख ज्ञानेन्द्रमान जोशीले न्युजिल्याण्डमा नेपाली कार्यक्रम निकै कम हुने भए पनि लाखे इभेन्टले आयोजना गर्ने कार्यक्रमा सफल हुने विश्वास व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend