Galaxysamachar
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो। आज मूल्य बढेर एक लाख ४५ हजार सात सय पुगेको छ।
शुक्रबार एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज बढेर एक लाख ४५ हजार पुगेको छ।
यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले वृद्धि भएको छ।
शुक्रबार प्रतितोला एक हजार सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ४० निर्धारण भएको महासंघले जनाएको छ। रासस
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend