logo
  • शनिबार, असोज ३ २०८३

रवि लामिछानेमाथि अनुसन्धान गर्न छानबिन समिति बन्दैनः प्रचण्ड


  • Galaxysamachar
  • बिहिबार, बैशाख ६ २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्ने आरोपबारे संसदीय छानबिन समिति बन्न नसक्ने बताएका छन्।

बिहीवार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्रीले छानबिन समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको माग “राजनीतिक पूर्वाग्रहपूर्ण” भएकाले त्यस्तो समिति “नबन्ने” बताएका हुन्।

नेपाली कांग्रेसले लामिछानेको नाम सहकारी ठगीमा जोडिएको दाबीसहित संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै केही दिनदेखि संसद् अवरुद्ध गर्दै आएको छ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘मैले कसैलाई बचाउन पर्ने कारण छैन। कुनै प्रमाण देखिए अनुसन्धान गर्न सरकार पछि पर्दैन।’’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend